गाैशाला, साउन ३१ गते ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित प्रसिद्ध टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा–अर्चना गरेका छन् ।

मन्त्री पौडेलको टुटेश्वरधाम आगमनका क्रममा श्री टुटेश्वरनाथ मन्दिर संरक्षण समितिले मन्दिरको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वबारे जानकारी गराएको थियो। समितिले टुटेश्वरधामको संरक्षण, प्रवर्द्धन तथा समग्र विकासका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

मधेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित टुटेश्वरधामको पूर्वाधार विकास र संरक्षणमा राज्यको थप लगानी आवश्यक रहेको समितिको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार