काठमाडौं, भदौ ५ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न विभागका प्रमुख तथा प्रवक्ताको जिम्मेवारी टुंगो लगाएको छ ।

शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र अर्थ विभाग प्रमुखमा लिमा अधिकारीलाई मनोनीत गरेको हो ।

त्यस्तै, पार्टीको प्रवक्तामा ललितपुरका जगदीश खरेललाई मनोनीत गरिएको छ ।

बैठकले सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी तथा अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा शिशिर खनाललाई जिम्मेवारी दिएको छ ।

रास्वपाले पछिल्लो समय पार्टीको सांगठनिक संरचना विस्तार तथा विभागहरूलाई थप सक्रिय बनाउने क्रममा विभिन्न जिम्मेवारी बाँडफाँट गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार