सिरहा, भदौ ७ गते ।
सिरहाको नवराजपुर गाउँपालिकामा विद्युत् करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

नवराजपुर गाउँपालिका–४ नवराजपुर टोलका २८ वर्षीय पशुपती शर्माको आइतबार बिहान आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका शर्मालाई तत्काल उपचारका लागि नवराजपुर आधारभूत अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार