इटहरी, भदौ ७ गते ।
स्वास्थ्य मन्त्री निशा मेहेताले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्दै नागरिकलाई सहज, प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधारका विषयमा पार्टी सदस्यहरूसँग छलफल तथा अन्तर्क्रिया गर्न मन्त्री मेहेता आइतबार इटहरी पुगेकी हुन् ।

कार्यक्रममा पार्टी सदस्यहरूले स्थानीय स्वास्थ्य संस्थामा देखिएका समस्या, उपचार सेवाको अवस्था, सेवा प्रवाहका चुनौती तथा स्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक कदमबारे आफ्ना सुझाव र जिज्ञासा राखेका थिए। उनीहरूले स्थानीयस्तरमै गुणस्तरीय र नागरिकमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

सुझाव तथा जिज्ञासाको जवाफ दिँदै मन्त्री मेहेताले छलफलबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा लिँदै स्वास्थ्य क्षेत्रको सुधारलाई क्रमिक रूपमा अघि बढाउने बताइन् ।

उनका अनुसार स्वास्थ्य सेवा सबै नागरिकको सहज पहुँचमा पुर्‍याउनु सरकारको प्राथमिकतामा छ। स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउने, सेवाको गुणस्तर सुधार गर्ने तथा आवश्यकताअनुसार पहुँच विस्तार गर्न मन्त्रालयले पहल गर्ने उनले प्रतिबद्धता जनाइन् ।

मन्त्री मेहेताले स्वास्थ्य क्षेत्रका समस्या एकैपटक समाधान नहुने भए पनि उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै क्रमिक सुधार गर्दै जाने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार