जनकपुरधाम, भदौ ८ गते ।
मधेश प्रदेश सरकारले शान्तिसुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्री महतोका अनुसार आठवटा जिल्ला प्रहरी कार्यालय र चारवटा इलाका प्रहरी कार्यालयलाई सवारीसाधन उपलब्ध गराइएको हो। इलाका प्रहरी कार्यालयतर्फ चन्द्रपुर, गरुडा, गोडैता र गडहियालाई एक–एक वटा पिकअप जिप प्रदान गरिएको छ ।

प्रदेश सरकारले प्रतिगाडी भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँ लागतमा ती सवारीसाधन खरिद गरेको जनाएको छ ।
सवारीसाधन हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार