काठमाडौं, भदौ १० गते ।
रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारले अतिरिक्त उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का उद्धार टोलीलाई आवश्यक निर्देशनसहित ब्रिफिङ गरेका छन् ।


ब्रिफिङका क्रममा गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाउन सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप जनशक्ति तथा उद्धार सामग्री परिचालन गर्ने तयारीसमेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार