गाैशाला, भदौ ११ गते ।
रसुवामा आएको भीषण बाढीमा परेकामध्ये हालसम्म १५७ जनाको शव फेला परेको छ ।

प्रहरीले राति ११ः०५ बजेसम्म जारी गरेको बुलेटिनअनुसार रसुवासहित विभिन्न सात जिल्लामा गरी १५७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ ।

बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।

यस्तै, बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचाररतमध्ये २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ४ जना ट्रमा सेन्टर, ३ जना वीर अस्पताल, १ जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, ३ जना नर्भिक अस्पताल र ९ जना त्रिशूली अस्पतालमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार