सर्लाही : रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा ज्यान गुमाएका व्यक्तिको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा शव खोजी तथा व्यवस्थापनको काम भइरहेका बेला मृतकको कानबाट मुन्द्रा निकालिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।
भाइरल भिडियोमा मृतकको शवबाट कानको मुन्द्रा निकालिएको देखिएपछि सामाजिक सञ्जालमा घटनाको चर्को विरोध भएको थियो। भिडियोको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

