गाैशाला: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि मृतकको संख्या बढ्दै गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ५४७ जनाको शव फेला परेको छ ।

फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २२१, नवलपुरमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासीमा २८ र रसुवामा १३ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीसमेत रहेका छन् ।

प्राधिकरणका अनुसार नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका १६२ जनासमेत अझै सम्पर्कमा आउन सकेका छैनन् ।

बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा खोजी अभियानका क्रममा हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ। खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार