काठमाडौं: भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितको सहयोगका लागि काठमाडौं छाउनी निवासी मंगला अमात्यले प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छन् ।

अमात्यका प्रतिनिधि अरुण श्रेष्ठले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
भदौ १० गते आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता हुनुका साथै एक हजारभन्दा बढी शव फेला परिसकेको जनाइएको छ ।

विपद्का कारण हजारौं परिवार विस्थापित तथा घरबारविहीन भएका छन्। यस्तो संकटका बेला गरिएको उक्त सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार