काठमाडौं : हालै मुलुकका विभिन्न क्षेत्रमा आएको विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोग कार्यमा सहजीकरण गर्न संघीय संसद् सचिवालयले २० जना कर्मचारी परिचालन गरेको छ ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गरिएको अनुरोधअनुसार संसद् सचिवालयले कर्मचारीहरूलाई परिचालन गरेको हो। उनीहरूलाई भदौ १४ गते बिहान ९ बजे प्रधानमन्त्रीको निजी सचिवालयमा उपस्थित हुन निर्देशन दिइएको थियो ।

परिचालित कर्मचारीहरूले विपद् प्रभावित नागरिकसम्म राहत तथा आवश्यक सहयोग पुर्‍याउने कार्यमा समन्वय र सहजीकरण गर्नेछन् ।

विपद्का कारण उत्पन्न कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउन संसद् सचिवालयले आफ्नोतर्फबाट आवश्यक समन्वय र सहयोग निरन्तर गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार