काठमाडौं, भदौ १९ गते ।
रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका सप्तरीका मेकानिकल फोरम्यान सञ्जय साहले सुरुङभित्रको कठिन अवस्था र आफ्नो उद्धारबारे संक्षिप्त जानकारी दिएका छन् ।
साहका अनुसार सुरुङभित्र रहँदा अवस्था निकै चुनौतीपूर्ण थियो। लामो समयपछि उद्धार टोलीले जीवितै बाहिर निकालेपछि आफूले नयाँ जीवन पाएको अनुभूति भएको उनले बताएका छन् ।

