गाैशाला: भूपू सैनिक चतुर्थ बटालियन आठौँ गोर्खा राइफल्स तनहुँले रसुवाको भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० हजार ७ सय ७० सहयोग गरेको छ ।

त्यस्तै, बाढीका कारण विदुर गाउँपालिका–१, त्रिशूली निवासी नायक धनबहादुर गुरुङको घर तथा सम्पूर्ण धनसम्पत्ति बगेर ठूलो क्षति भएपछि उहाँ र उहाँको परिवारलाई संगठनले व्यक्तिगत रूपमा रु. ८० हजार राहत प्रदान गरेको छ। बाढीबाट ठूलो क्षति भए पनि नायक गुरुङसहित परिवारका सबै सदस्य सकुशल रहेको जनाइएको छ ।

संगठनका अध्यक्ष गमबहादुर थापाले विपद्का बेला गरिएको सानो सहयोगले पनि पीडित परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार