अत्तरिया: कैलालीको गोदावरी नगरपालिका क्षेत्रका होटल व्यवसायीहरूको संगठन गोदावरी होटल व्यवसायी संघको अध्यक्षमा रविन्द्र खड्का सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न संघको ९औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा बिस्ना देवी बोहरा, महासचिवमा दिलबहादुर खत्री, सचिवमा निर्मला पन्थी र कोषाध्यक्षमा लालबहादुर धामी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा लोकेन्द्र सिंह र सुरेन्द्र बिष्टलगायत चयन भएका छन् ।

नवनिर्वाचित समितिले गोदावरी क्षेत्रको होटल तथा पर्यटन व्यवसायको विकास, व्यवसायीका समस्या समाधान र व्यवसायिक हितका लागि काम गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार