काठमाडौँ: नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र बढ्दै गएको विवाद समाधान गर्दै १५औँ महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्वसमक्ष विशेष प्रस्ताव अघि सारेका छन् ।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केसीले पार्टीका विभिन्न संरचनामा देखिएको असमझदारी हटाउँदै महाधिवेशन केन्द्रित भएर अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।

उनको प्रस्तावमा पुरानो र वर्तमान कार्यसम्पादन समितिलाई एकीकृत गर्ने, केन्द्रीय समिति विस्तार गर्ने तथा महाधिवेशन तयारीका लागि गठित समितिहरू पुनर्गठन गर्ने विषय समेटिएका छन् ।

केसीले कात्तिक १७ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी स्पष्ट कार्यतालिका तत्काल तय गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसभित्र नेतृत्व, संरचना र महाधिवेशनको समयलाई लिएर मतभेद कायम रहेका बेला केसीको प्रस्तावले पार्टीलाई सहमति र एकताको दिशामा लैजाने प्रयास गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार