सर्लाही, भदौ २१ गते ।
सर्लाहीमा धान खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णु गाउँपालिका–२ पकडीटोलकी ६० वर्षीया कृष्णामती देवी रहेकी छन्। उनी स्थानीय रामचन्द्र ठाकुरकी श्रीमती हुन् ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ११ः४० बजे आफ्नै खेतमा मोटर चलाएर पानी तान्ने क्रममा मोटरको नाङ्गो तारमा उनको पैताला परेको थियो। तारमा खुट्टा परेपछि करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
घाइते उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो। अस्पतालमा दिउँसो १२ः३३ बजे ईसीजी परीक्षण गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको जनाएको छ ।

