इटहरी: मोरङको उर्लाबारी–८, अठियाबारीमा एकै परिवारका बाबु–छोराको एक दिनको अन्तरमा मृत्यु भएको छ ।
प्रहरीका अनुसार ३१ वर्षीय टिकाराम बराइलीले शनिबार साँझ विषादी सेवन गरेका थिए। उनलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा शनिबार राति करिब ११ः३० बजे उनको मृत्यु भयो ।
छोराको मृत्यु भएपछि शोकमा रहेका उनका बुबा चतुरमान बराइलीले पनि विषादी सेवन गरेको पारिवारिक स्रोतले जनाएको छ। उपचारका क्रममा चतुरमानको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

