जनकपुरधाम: धनुषाको महेन्द्रनगरबाट प्रहरीले २ सय ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक सञ्जितकुमार राम र धनुषाका राकेश राम रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सञ्जितकुमारले भारतबाट हेरोइन ल्याई मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने तयारी गरेका थिए। पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

