गाैशाला, भदौ २२ गते ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मटिहानी नगरपालिकामा एक मिनेट मौनधारण गरिएको छ ।

नेपाल सरकारले आज देशभर शोक दिवस मनाउने निर्णय गरेसँगै मटिहानी नगरपालिकाको आह्वानमा बिहान ११ बजे जहाँ रहे पनि त्यहीँ उभिएर मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

मौनधारणका क्रममा नगर क्षेत्रभित्रका सरकारी कार्यालय, विद्यालय, मदरसा, सवारीसाधन तथा विभिन्न सार्वजनिक स्थलका गतिविधि एक मिनेटका लागि रोकिएको नगर प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।

नगर प्रमुख मण्डलका अनुसार बाढीमा ज्यान गुमाएका सबैप्रति सम्मान प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो ।

शोक दिवसका अवसरमा मटिहानी नगरपालिकासहित नगर क्षेत्रका सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार