चन्दन महताे
रौतहट: रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटले १ लाख १६ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।
जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष तथा बौधिमाई नगरपालिकाका पूर्व नगरप्रमुख राजीव रञ्जन यादवका अनुसार पार्टीको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्रीको विपद् राहत कोषमा जम्मा गरिएको हो ।
अध्यक्ष यादवले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले घाइते तथा प्रभावित नागरिकको उद्धार, उपचार र पुनःस्थापनालाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् ।
विपद्को कठिन परिस्थितिमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै यादवले राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

