काठमाडौं: बजारमा देखिएको ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराउन नेकपा निकट विद्यार्थी संगठनले काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि सांकेतिक प्रदर्शन गरेको छ ।
ग्यासको अभावका कारण सर्वसाधारणले खाना पकाउन समस्या भोगिरहेको भन्दै विद्यार्थीहरूले सडकमा दाउरा बालेर खाना पकाउँदै विरोध जनाएका हुन् ।
सरकारले ग्यास आपूर्तिको सहज व्यवस्था गर्नुपर्ने मागसहित विद्यार्थीहरूले सडकमा दाउरा बालेर खाना पकाउने गतिविधि प्रदर्शनको माध्यम बनाएका थिए। ग्यास नपाएपछि सर्वसाधारणले परम्परागत रूपमा दाउरा प्रयोग गर्नुपर्ने अवस्थातर्फ सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले यस्तो प्रदर्शन गरिएको विद्यार्थी संगठनले जनाएको छ ।
पछिल्लो समय काठमाडौंलगायत विभिन्न क्षेत्रमा ग्यासको अभाव देखिएको भन्दै विद्यार्थीहरूले तत्काल आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका छन् ।
दाउरा बालेर खाना पकाइएको प्रदर्शनमार्फत विद्यार्थीहरूले ग्यास अभावको समस्या तत्काल समाधान गर्न र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारलाई दबाब दिएका छन् ।


