काठमाडौं: नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई शपथ खुवाएका हुन्। सुनसरी–४ बाट निर्वाचित साहलाई ग्यास अभावको विषयलाई लिएर गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्री नियुक्त गरिएको हो ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री शाह, सभामुख डोलप्रसाद अर्याललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार