काठमाडौं: विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष डा. नहकुल केसी, सञ्चालक समितिका सदस्यहरू र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटवालले संयुक्त रूपमा सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावितको तत्काल राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ ।
साथै, विपद्को समयमा सरकारी निकायसँगै वित्तीय तथा निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक रहेको संस्थाले बताएको छ ।

