विष्णु गुप्ता

जलेश्वर: नेपाल–भारत मैत्री युवा संघ महोत्तरीको आयोजनामा सम्पन्न जलेश्वर नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा श्री माध्यमिक विद्यालय पर्सा प्रथम हुँदै विजेता बनेको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित प्रतियोगितामा नगरभित्रका विभिन्न नौ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिता तीन चरणमा सञ्चालन गरिएको संघका जिल्ला उपाध्यक्ष तथा प्रतियोगिताका कार्यक्रम संयोजक गणेशकुमार साह (आलोक)ले जानकारी दिए  ।

नकआउट चरण पार गर्दै फाइनलमा पुगेका तीन विद्यालयबीच कडा प्रतिस्पर्धा भएको थियो। फाइनल प्रतिस्पर्धामा लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय पर्सापतैली र श्री माध्यमिक विद्यालय बखरीभाठ सहभागी भएका थिए ।

अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै श्री माध्यमिक विद्यालय पर्साले प्रथम स्थान हासिल गरी विजेता उपाधि हात पारेको उनले जानकारी दिए। त्यसैगरी लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय दोस्रो र श्री माध्यमिक विद्यालय बखरीभाठ तेस्रो स्थानमा रहन सफल भएको थियो ।

उक्त प्रतियोगिता बिहिबार जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय प्रांगणमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवसहाय मीना तथा विशिष्ट अतिथिका रूपमा नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय महासचिव कृष्ण कुमार सिंहको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल–भारत मैत्री युवा संघ महोत्तरीका अध्यक्ष जितेन्द्र कुमार सिंह, कार्यक्रम संयोजक तथा उपाध्यक्ष गणेश कुमार साह (आलोक),जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष बरुण कुमार दाहाल र युवा तथा शिक्षक उमेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार