गाैशाला, असाेज १ गते ।
सर्लाहीकाे बरहथवा एफएम १०१.१ मेगाहर्जले आफ्नो प्रसारण यात्राको १३ वर्ष पूरा गरी आजदेखि १४औँ वर्षमा प्रवेश गरेको छ ।

१४औँ वर्ष प्रवेशको अवसरमा एफएमले सूचना, समाचार, मनोरञ्जन तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै श्रोतामाझ निरन्तर उपस्थित रहनु आफ्नो प्रतिबद्धता रहेको जनाएको छ। एफएमले आफ्नो यात्रालाई विश्वास, साथ र सहकार्यले बलियो बनाउँदै आएका सम्पूर्ण श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

यसै अवसरमा राजधानी टुडे मिडिया प्रा.लि.का प्रबन्धक राजेश सिंहले बरहथवा एफएमको १४औँ वर्ष प्रवेशप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आगामी दिनमा एफएमले सत्य, तथ्य र जनचासोमा आधारित पत्रकारितालाई थप प्राथमिकता दिँदै समाजमा सञ्चारको भूमिका अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सिंहले बरहथवा एफएमको आगामी प्रसारण यात्रा अझ सफल, विश्वसनीय र उपलब्धिमूलक बन्ने कामना गर्दै एफएम परिवार, श्रोता, विज्ञापनदाता, सहयोगी तथा शुभेच्छुक सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तै, विश्वकर्मा पूजाको अवसरमा उद्योगी, व्यवसायी, श्रमिक तथा आम नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको पनि उहाँले हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार