गाैशाला: महोत्तरीको जलेश्वर नगरपालिका–१० का १६ वर्षीय लब यादवको गणेश भगवान्को मूर्ति विसर्जन गर्ने क्रममा डुबेर मृत्यु भएको छ ।
स्थानीय इन्दल यादवका छोरा लब शुक्रबार गणेशको मूर्ति विसर्जनका लागि पुगेका थिए। सोही क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
घटनाबारे थप विवरण खुल्न बाँकी रहेको छ। मृत्युको कारण तथा घटनाको वास्तविक अवस्थाबारे सम्बन्धित निकायबाट विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

