गाैशाला, असाेज ३ गते ।
महोत्तरीकाे रामगोपालपुर नगरपालिका–९ मा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वडा अध्यक्ष पदका सम्भावित उम्मेदवारलाई लिएर राजनीतिक गतिविधि र चर्चा बढ्न थालेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता विजय कुमार यादवको नाम वडा अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा अघि आएको छ भने नेकपा (माओवादी केन्द्र) का वर्तमान वडा अध्यक्ष नागेश्वर प्रसाद मण्डल पनि पुनः राजनीतिक प्रतिस्पर्धामा रहने सम्भावनाले स्थानीय तहमा चासो बढाएको छ ।

जसपा नेपाल रामगोपालपुर नगरपालिका–९ ले विजय कुमार यादवलाई आगामी स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष पदको सम्भावित उम्मेदवारका रूपमा प्रचार गरिरहेको देखिन्छ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको प्रचार सामग्रीमा यादव र मण्डललाई आमनेसामने राख्दै ‘कसको नेतृत्व ? कसको जित ?’ भन्ने प्रश्नसहित प्रचार गरिएको छ ।

गोट बनौली निवासी यादव लामो समयदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहेको विवरण सार्वजनिक भएको छ। उनी जसपाको वडा कमिटीमा कोषाध्यक्ष, वडा संयोजक तथा नगर सह–संयोजकको जिम्मेवारीमा रहेर काम गरिसकेको र २०८२ साल चैत २० गते सम्पन्न नगर अधिवेशनबाट नगर अध्यक्षमा निर्वाचित भएको प्रकाशित विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार