काठमाडौं, भदौ ५ गते ।
काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरी राखिएको धादिङ–काठमाडौं रुटको यात्रुवाहक बसमा गएराति भीषण आगलागी भएको छ। आगलागीबाट बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ ।

बा ३ ख ५०४३ नम्बरको बसमा राति करिब १० बजेको समयमा अचानक आगो लागेको हो। आगो लागेपछि केही समयमै बसको अधिकांश भागमा आगो फैलिएको प्रत्यक्षदर्शी नेत्र गुरुङले बताएका छन् ।

आगलागीको जानकारी पाएलगत्तै दमकल, प्रहरी तथा स्थानीयवासी घटनास्थलमा पुगेका थिए। करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको बताइएको छ ।

समयमै आगो नियन्त्रणमा लिन सफल भएकाले बसपार्कमा पार्किङ गरिएका आसपासका अन्य सवारीसाधनमा आगो फैलिनबाट जोगिएको बताइएको छ। घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

बसमा आगलागी हुनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार