काठमाडौँ, असोज ८ गते ।

जटिल प्रसूति समस्या देखिएपछि रुकुम पश्चिमकी एक महिलाको हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत मुसिकोट नगरपालिका–१ निवासी ३३ वर्षीया महिलाको उद्धार गरिएको हो।

मन्त्रालयका अनुसार आश्विन ८ गते स्वास्थ्यमा जटिलता देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएकाले उनलाई तत्काल हवाई माध्यमबाट सुर्खेत पुर्‍याइएको हो।

विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक परेकी ती महिलालाई समयमै उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा प्रसूति सेवा लिन कठिनाइ हुने गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रममार्फत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्था र आवश्यकताका आधारमा हवाई उद्धार गरी सुविधासम्पन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुर्‍याउने गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार