गाैशाला, असाेज १४ गते ।
सामुदायिक विकास तथा पैरवी मञ्च (CDAFN) बर्दिबास, महोत्तरीको २० औँ वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्री प्रमुख अतिथिका रूपमा तथा नगर उपप्रमुख तारादेवी महतो विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रम, उपलब्धि, आर्थिक गतिविधि तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । साथै, सार्वजनिक सुनुवाइमार्फत संस्थाका गतिविधि, सेवा तथा कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराउँदै सहभागीका सुझाव तथा जिज्ञासासमेत संकलन गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संस्थाका पदाधिकारी तथा कर्मचारी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि र समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार