ढल्केवर, असोज १५ गते ।
धनुषाको मिथिला नगरपालिका–३ लालभित्तीस्थित औरही खोला किनारमा सञ्चालित एक क्रसर उद्योगमा ग्राभेल लोड गरिएको टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार टिपर पल्टिँदा ग्राभेलले पुरिएर क्रसर उद्योगका सञ्चालक ३८ वर्षीय हरि महतो गम्भीर घाइते भएका थिए। क्रसर उद्योगबाट ग्राभेल ओसार्ने क्रममा टिपर अनियन्त्रित भएर पल्टिएको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते महतोलाई तत्काल उपचारका लागि जनकपुरस्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार