गाैशाला, असाेज २१ गते ।
महोत्तरीकाे मटिहानी नगरपालिका–६ स्थित मटिहानी स्वास्थ्य चौकीका जग्गादाता स्व. रामप्रसाद गुप्ताको शालिक स्वास्थ्य चौकी परिसरमा स्थापना गरी अनावरण गरिएको छ ।

जग्गादाता गुप्ताको परिवारको लगानीमा निर्माण गरिएको शालिकको बुधबार एक समारोहबीच उनका सुपुत्र जयप्रकाश गुप्ताले अनावरण गर्नुभएको हो। स्वास्थ्य चौकी निर्माणका लागि गुप्ता परिवारले ७ कठ्ठा जग्गा उपलब्ध गराएको थियो ।

शालिक अनावरण कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, मटिहानी–६ र ८ का वडाध्यक्ष, कार्यपालिका सदस्य अरुण नाहर, महोत्तरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मोहन गुप्ता, पूर्वउपाध्यक्ष राकेश गुप्ता, वर्तमान उपाध्यक्षद्वय अजय साह र पवन साह, सदस्य रञ्जित साहलगायतको उपस्थिति थियो ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) मटिहानी नगर अध्यक्ष श्यामकुमार मण्डल, पूर्वकर्मचारी कैलाश ठाकुर, रामसेवक साह, बरुण मण्डल, पूर्वशिक्षक राजेश्वर मण्डल, विश्वनाथ यादव, वडासदस्यहरू, जग्गादाता परिवारका सदस्य राजेश गुप्तासहित परिवारजन तथा स्थानीयवासीहरूको समेत सहभागिता रहेको थियो ।

स्वास्थ्य चौकीका लागि महत्वपूर्ण योगदान पुर्‍याएका स्व. गुप्ताको सम्झनामा शालिक स्थापना गरिएको परिवारले जनाएको छ। स्वास्थ्य चौकीका लागि जग्गा उपलब्ध गराएर गुप्ता परिवारले स्थानीय स्वास्थ्य सेवाको पूर्वाधार विकासमा योगदान पुर्‍याएको स्थानीयवासीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार