इनरुवा, असाेज २१ गते ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत देउवा समूहबाट सुनसरी क्षेत्र नं. ४ को संयोजकमा राजेन्द्रप्रसाद मेहता मनोनीत भएका छन् ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला तहका अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेका बेला पार्टीको विधानअनुसार मेहतालाई क्षेत्रीय संयोजकको जिम्मेवारी दिइएको हो ।

१५ औँ महाधिवेशन समितिका संयोजक सन्दीप श्रेष्ठले असोज २९ गते जारी गरेको पत्रमार्फत मेहतालाई सुनसरी क्षेत्र नं. ४ को संयोजकमा मनोनयन गरिएको जनाइएको छ ।

मनोनीत संयोजक मेहताले महाधिवेशनअन्तर्गत क्षेत्र नं. ४ मा हुने विभिन्न तहका अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्ने जिम्मेवारी पाएका छन् ।

पार्टीको विधान र महाधिवेशनसम्बन्धी कार्यतालिकाअनुसार वडा तहदेखि क्षेत्रीय तथा जिल्ला तहसम्मका अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउन संयोजकको भूमिका महत्वपूर्ण हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार