काठमाडौं: बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म ९५ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

नेपाली सेनाका चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले उद्धार कार्य गरेको हो। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ ।

प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी छ। बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज जडानको तयारीका लागि नेपाली सेनाको इन्जिनियरिङ टोलीसमेत खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार