भरतपुर: आउँदै गरेको दसैँलगायत चाडपर्वलाई लक्षित गरी नारायणघाट–मुग्लिङ सडकका खाल्डाखुल्डी मर्मत गर्ने कार्य भइरहेको छ ।

सडक डिभिजन भरतपुरले राष्ट्रिय राजमार्गलाई खाल्डाखुल्डीमुक्त बनाउने उद्देश्यले आफ्नै जनशक्ति परिचालन गरी सडक मर्मतको काम गरिरहेको हो ।

सडकका विभिन्न स्थानमा इमल्सन प्याच रेडी मिक्स प्याच विधिको मिश्रित प्रयोग गरी खाल्डाखुल्डी पुर्ने तथा सडकको सतह सुधार गर्ने काम भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने भएकाले सडकलाई सुरक्षित र सहज बनाउने उद्देश्यले मर्मत कार्यलाई अघि बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार