सर्लाही: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन परिवारसहित सर्लाही पुगेका छन् । आइतबार उनी सर्लाहीको धनकौल गाउँपालिका–२ स्थित धनकौल गाउँको छठघाटसम्म छठ पूजाका सामग्री बोकेर पुगेका हुन् ।

कांग्रेस नेता गजेन्द्र साहका अनुसार सभापति थापा आफैँले टाउकोमा छठ पूजाका सामग्री राखिएको डालो (छैंटी) बोकेर घाटसम्म पुगेका थिए। उनी परिवारसहित छठ पर्व मनाउन सर्लाही आएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का विभिन्न छठघाटमा पुगेर उनले व्रतालु तथा स्थानीयवासीसँग भेटघाटसमेत गरिरहेका छन् ।

यसैबीच, सभापति थापाले भीमफेदीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई भेट्ने कार्यक्रम समेत तय भएको छ । उनी आइतबार सुन्दरपुर गाउँ पुगेर शोकसन्तप्त परिवारलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार