काठमाडौं: कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको छ। केन्द्रमा बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट भित्र प्रवेश गरी कम्प्युटर चोरी गरेको सीसीटीभी फुटेजबाट खुलेको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले चोरीको घटनाबारे जानकारी दिँदै संलग्न व्यक्तिको पहिचान र खोजीमा सहयोग गरिदिन सर्वसाधारणसँग अपिल गरेका छन्।
उनले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर लिएर गएको देखिएको छ ।

चोरीमा संलग्न व्यक्तिलाई चिन्ने वा निजबारे कुनै जानकारी हुने व्यक्तिलाई ९८४१५९२३६१ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन डा. पुनले आग्रह गरेका छन् । उहाँले घटनामा संलग्न व्यक्तिको पहिचान गरी खोजी गर्न सबैको सहयोग अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार