हेटौंडा, मंसिर ३ गते ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

ना.१ज २१४३ नम्बरको सुमो बिहीबार दुर्घटनामा परेको हो। सुमोमा चालकसहित १० जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनामा परी दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको बताइएको छ। दुर्घटनालगत्तै उद्धार गरिएका घाइते तथा मृतकलाई उपचार र आवश्यक प्रक्रियाका लागि हेटौंडा अस्पताल ल्याइएको छ।

दुर्घटनाको कारण, मृतकको पहिचान तथा घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार