गाैशाला, मंसिर ३ गते ।

महोत्तरीकाे गौशाला नगरपालिका–११ भरतपुरमा सम्पन्न तेस्रो भरतपुर कप २०८३ फुटबल प्रतियोगिताको उपाधि आयोजक भरतपुर एफसीले हात पारेको छ। रोमाञ्चक फाइनल प्रतिस्पर्धामा मदनपट्टी एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै भरतपुर एफसी च्याम्पियन बनेको हो।

उपाधिका लागि भएको फाइनल खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित समयभित्र एक–एक गोलको बराबरी खेले। निर्धारित समयमा खेलको टुंगो नलागेपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो। पेनाल्टीमा मदनपट्टी एफसीलाई पछि पार्दै आयोजक टोली भरतपुर एफसीले उपाधिमाथि कब्जा जमायो।

भरतपुर एफसीको आयोजनामा सम्पन्न प्रतियोगितालाई उषा इन्जिनियरिङ कन्स्ट्रक्सन र गौशाला नगर युवा सञ्जालले विशेष सहयोग गरेका थिए।

स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने तथा युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले क्षेत्रीय फुटबलको विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार