नयाँदिल्ली, मंसिर ७ गते ।

नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले जनकपुरधाम–अयोध्याबीच विशेष रेल सेवा सञ्चालनमा आएको छ ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गरेका हुन् ।

संयुक्त रूपमा उद्घाटन सम्पन्न भएसँगै अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्ने कार्यक्रम रहेको छ । अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित रेलका उच्च अधिकारीहरूले जनकपुरधाम आउने रेललाई बिदाइ गर्ने कार्यक्रम छ ।

जनकपुरधाम र अयोध्यालाई जोड्ने यस विशेष रेल सेवाले दुवै देशबीचको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै रामायणकालीन सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार