https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महाेत्तरीकाे गाैशाला १२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे ८ औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । आईतबार एक कार्यक्रम गरि गाैशाला नगरपालिका १२ स्थित कान्तिबजारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक सधारणसभा सम्पन्न हाे ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख : डा. दिपेन्द्र महताेले कार्यक्रमलाई सम्बाेधन गर्दै नगरभित्र रहेका सहकारीहरुले साना किसान कृषि सहकारी संस्था लिमिटेडसँग उत्पादन मुखी रहित कामहरू गर्न सिक्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले साना किसान कृषि सहकारी संस्थाले एकदम राम्रो काम गरिरहेको भनेर प्रशंसा गर्नुका साथै धन्यवाद समेत दिएका थिए ।

गत मिति २०७८ असाेज २१ गतेदेखि यस सहकारी संस्था लिमिटेडद्वारा गाैशाला नगरपालिका वडा नम्बर ५ स्थित गाैशाला बजारमा सेवा केन्द्र समेत संचालन ल्याएसकेको सहकारीका अध्यक्ष: हरिहर सिंहले बताए । शेयरधनीहरुकाे माग अनुसार नै गाैशाला बजारमा सेवा केन्द्र सुचारु गरेको अध्यक्ष: सिंहले जनाउनुभयाे ।

सहकारी २०७३ बैशाख ३ गतेदेखि कान्तिबजारमा ३१ जना सदस्य गठन गरि ७ लाख ७५ हजार शेयर पुजीबाट सुचारु भएका संस्थामा अहिले १ हजार १ सय २९ जना शेयर सदस्य भए, जम्मा शेयर पुजी ६४ लाख ८५ हजार ५ सय, बचत २ करोड ५६ लाख १० हजार ९ सय ३१ रुपैया र ऋण लगानी ४ करोड १८ लाख ७४ हजार ७ सय ७७ रुपैयाँ गरि, यस आ.व.२०८९ असार मसान्तसम्म नाफा २२ लाख ३३ हजार ६ सय ६१ रुपैयाँ रहेको संस्थाका प्रबन्धक राम दयाल महताेले जनाए । शेयर सदस्यहरुकाे विशेष लगानी गरि सामुहिक उधाेग समेत संचालन गर्ने तयारी भईरहेको प्रबन्धक महताेले जनाए ।

साथै सहकारीले संचालन गरेको दूध संकलन केन्द्रमा नियमित रुपमा दुध बेच्ने सानो किसान १० जना र ठुलो किसान १० जना गरि जम्मा २० जनालाई केन दिइ समान गरेका थिए भन्ने अन्य समयमै ऋण व्याज तिर्ने र किस्ता तिर्ने समेतलाई पुरुष्कार दिई समान गरेका थिए । अर्को सबभन्दा बढी शेयर पुजी लगानी गरेको तिनजना र व्यक्तिगत खातामा सबैभन्दा बढी काराेबार गरेको तिनजना समेतलाई पुरुस्कार दिई समान गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष: हरिहर सिंहकाे अध्यक्षता, नगर प्रमुख डा. दिपेन्द्र महताेकाे प्रमुख अतिथि, विशिष्ट अतिथि: राष्ट्रिय सहकारी महासंघ तथा राष्ट्रिय सहकारी विकास बाेर्डका पुर्व संचालक सदस्य : राम चन्द्र सिंह कुशवाहा, वडा नम्बर १२ का वडा अध्यक्ष कुशेश्वर सिंह, वडा नम्बर ११ काे वडा अध्यक्ष रामपृत महताे, महाेत्तरी सहकारी संजालका अध्यक्ष लिला श्रेष्ठ, सहकारीका कार्य समितिका सम्पूर्ण सदस्य, विभिन्न सहकारी तथा संघसंस्थाका प्रतिनिधिहरु, शेयरधनी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार