
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १४ स्थित हरकठवामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे १६ औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । बुधबार एक कार्यक्रम गरि ईश्वरपुर नगरपालिका १४ स्थित हरकठवामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक सधारणसभा सम्पन्न हाे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्यका प्रत्यासी उमेदवार : राम चन्द्र सिंह कुशवाहाले कार्यक्रमलाई सम्बाेधन गर्दै आजको सधारणसभामा ७५ प्रतिशत भन्दाबढी महिला दिदीबहिनीहरुकाे उपस्थिति रहेकोले मलाई खुशी लागेको छ । र यो संस्था अवस्य उनति प्रगतिको दिशामा जाने र कसैलाई कुनै शंका नगर्न आग्रह गरेका थिए । साना किसानहरुकाे लागि सहकारी नै सबै थाेक हाे । त्यहीँ भएर नियमित रुपमा बचत गर्न समेत उहाँले आग्रह गरेका थिए ।
सहकारीले शेयरधनीहरुकाे माग अनुसार नै संस्थाले दूध संकलन केन्द्र खाेलियाे तर शेयर सदस्यहरुले अन्य ठाउँ दुध बिक्री गरिरहेको पाएको कुशवाहाले बताए । त्यहीँ भएर संस्थाकाे उन्नति प्रगति हुनकाे लागि संस्था मै काराेबार अर्थात खरिदबिक्री गर्नुपर्ने उहाँले शेयर सदस्यहरुलाई आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर १४ का पुर्व वडा अध्यक्ष : राम पुकार महताे यस संस्थालाई यहाँसम्म ल्याउन मैले पनि भुमिका खेलेको छु र अहिले संस्थालाई अगाडि बढाउन तरकारी संकलन केन्द्र थपन समेत आग्रह गरेका थिए ।
वडा नम्बर १४ का वडा अध्यक्ष सित कुमार महताेले नेपालमा जतिपनि सहकारीहरु छन् सबै सहकारी हामीहरुकै उथानकाे लागि हाे । त्यहीँ भएर हामीले फजुल खर्च कम गराैँ र बचत गर्ने बानी बसाल्न सबैलाई आग्रह गरेका थिए । साथै संस्थाका अधुरो रहेका कम्पाउण्ड वाललाई पूरा गर्न वडा तथा नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता समेत वडा अध्यक्ष महताेले जनाए ।
नेपालमा व्याप्त गरिबि न्युनिकरण गर्न प्रयास स्वरुप नेपाल सरकारले कृषिविकास बैंक लि. मार्फत २०३२ सालमा परिक्षण शुरु गराई त्यस पश्चात २०६१ सालमा तत्कालिन साना किसान विकास आयोजना भक्तिपुरबाट समुदायमा हस्तान्तरण हुने गरी कार्यक्रम सञ्चालन गरी २०६३/११/२७ गते सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय चितवन भरतपुरमा विधिवत दर्ता भई २०६३/१२/२३ गते विधिवत साना किसान कृषि सहकारी संस्था लि. गौरीशंकर- ४, सर्लाहीको व्यवस्थापन हस्तान्तरण भई यस गा.वि.स.मा बसोवास गर्दै आएका विभिन्न समुदायहरुको आयस्तर वृद्धी कार्यक्रम संचालन गरी आजको दिन सम्म आउँदा यस ईश्वरपुर नगरपालिकामा रहेको यस संस्थाको कार्यक्षेत्र वडा नं. १३, १४ र १५ मा गरिबी न्युनिकरण कार्यक्रम गर्न संचालित कार्यक्रमहरुमध्ये सबै भन्दा दिगो तथा लोकप्रिय कार्यक्रमको रुपमा रहेको संस्थाका अध्यक्ष : अशोक कुमार सिंहले बताए ।
गरिबहरुलाई मात्र लक्षित गरी शुरु गरिएको यस कार्यक्रमले समाजमा रहेका गरिब अति गरिब पछाडी परेका वर्ग र महिलाहरुलाई समुहमा आवद्ध गराउदै समुहकै माध्यमबाट सदस्यहरुको आर्थिक सामाजिक तथा सामुदायिक उन्नती तथा विकासका लागी कार्यक्रम संचालन गरी सदस्यहरुको जीवन स्तरमा सुधार ल्याई संस्थागत विकासको माध्यमबाट साना किसानले साना किसानको लागी साना किसानहरुद्वारा नै सेवा दिन सक्ने सक्षम दिगो, भरपर्दो र विश्वासिलो ग्रामिण संस्थाहरुको स्थापना गर्दै जाने यस कार्यक्रमको मुल उदेश्य रहेको छ साना किसान विकास कार्यक्रमको मर्मलाई बुझि यस कार्यक्रमको माझ हाम्रा अन्य छिमेकी यस ईश्वरपुर नगरपालिकाको अन्य वडाहरुमा पनि साना किसानको विकास हामी साना किसान द्वारा नै गर्दैजाने, सिक्दै जाने, गर्दै जाने नाम बाट परिचित कार्यक्रमलाई संस्थागत प्रकृयाहरु विकास कार्यक्रमको रुपमा परिचित हुनथालेका अध्यक्ष सिंहले जनाए ।
साना किसान कृषि सहकारी संस्थामा आवद्ध भएका सदस्यहरुलाई लघुकर्जा, व्यापारिक कर्जा, माशुजन्य पशुपालन कर्जाहरु उपलब्ध गराएको र ६२३ समुह सदस्यहरुलाई समुहगत बचत, व्यक्तिगत बचत, ग्राहक सुरक्षणकोष, सदस्य सुरक्षणकोषहरु खडा गरी स्थानिय श्रोतबाट पुजी संकलन गरी दिगो संस्थागत विकासको साथै समाजिक रुपान्तरण गरी सदस्यहरुको जीवनस्तर उकास्ने काम भएको संस्थाका प्रबन्धक : जगदीश महताेले जनाए ।
उनका अनुसार सस्थामा आन्तरीक पुजी अन्तर्गत शेयर रकम रु.९२,९१,२१२/- रु. बयान्बे लाख एकान्बे हजार दुई सय बारह मात्र रहेको छ भन्ने बचत वा निक्षेप अन्तर्गत समुह बचत रु. ३३०४४३२००१, अक्षरेपी रु. तेतिस लाख चार हजार चार सय बतिस रुपैयाँ र एक पैसा मात्र, व्यक्तिगत बचत रु. ६६२३४३०११२, अक्षरेपी रु. छैसठ्ठी लाख तेईस हजार चार सय तिस रुपैयाँ र पैसा बाह मात्र, ग्राहक सुरक्षणकोष रु. ४४४२९३७१६०, अक्षरेपी रु. चौवालिस लाख बयालिस हजार नौ सय सैतिस रुपैयाँ र पैसा साठी मात्र, संरक्षित बचत रु १७७३८८९६ रु. एक लाख सतहत्तर हजार तिन सय अठासी रुपैयाा र पैसा छ्यान्वे मात्र, पशुधन सुरक्षणकोष रु १०२४६३६।५० अक्षरेपी रु दस लाख चौविस हजार छ सय छत्तिस रुपैया र पैसा पचास मात्र, र कर्मचारी सञ्चयकोष रु.१५३७८२२७९ अक्षरेपी पन्द्र लाख सैतिस हजार आठ सय बाईस रुपैयाँ र पैसा उनान्असी मात्र गरी जम्मा निक्षेप रकम रु.१७०११०६४७७९८ अक्षरेपी एक करोड एकहत्तर लाख दस हजार छ सय सरचालिस रुपैया र पैसा अन्ठान्वं मात्र संकलन गरी सदस्यहरु लाई ऋणलगानी गरेको ऋणको ३४% प्रतिशत मात्र आन्तरिक श्रोत पुजीवाट र ६६५ प्रतिशत साना किसान विकास लघुवित्त वितिय संस्था लि. ईलाका कार्यालय बर्दीवास वाट ऋण सहयोग लिई सदस्यहरु लाई सेवा उपलब्ध गराउदै आएकाे महताेले बताए ।
साथै यस संस्थाबाट आ.व. २०७८/०८९मा ऋण रकम रु.३,६२,२०,०००/- तिन करोड बैसट्ठी लाख बिस हजार मात्र लगानी गरी रु.२७८०२८८६ १४ दुई करोड अठहत्तर लाख दुई हजार आठ सय छयासी रुपौया चौदह पैसा मात्र असुली गरेका र ल.र.र रकम रु ६१६७५४७६००६ रु छ करोड सोरह लाख पचहत्तर हजार चार सय छित्तर र पैसा छ रहेको र बैंक लाई तिर्नु पर्ने ऋण रकम रु.४०५७०८६५ रु चार करोड पाँच लाख सत्तरी हजार आठ सय पैसट्ठी मा रहेको छ र भाना ऋण रु. २९५१४०६।५४रु उन्तिस लाख एकाउन्न हजार चार सय छव रुपैया र पैसा चौवन्न मा र पा.पा. ब्याज रु.१०५८३७८८६ रु. दस लाख अठाबन्न हजार तिन सय अठहत्तर रुपैया र पैसा छयासी मात्र बांकी रहि असुली दर ९० २११ रहेको छ ।
संस्थामा जम्मा आम्दानी रु. १२९.०१७९६८५ एक करोड उनान्साठी लाख एक हजार सात सय छयान्बे र पैसा पचासी र खर्च रु १४२६७६४८३३ एक करोड बयालिस हजार सरसठ्ठी हजार छ सय अरचालिस र पैसा तेतिस मात्र गरी नाफा रु १६३४१४८।५२ सारह लाख चौतिस हजार एक सय अरचालिस र पैसा बाउन्न रहेको छ । समुह संख्या महिला ६० पुरुष ४१ गरी १०१ रहेको र सदस्य संख्या महिला ३८९ पुरुष २३४ गरी ६२३ रहेको प्रबन्धक महताेले बताए ।
साथै सहकारीमा समयमै ऋण व्याज तिर्ने उत्कृष्ट ऋणी २४ जनालाई पुरुस्कार दिए पुस्कृत गरेका थिए । भन्ने संस्थाका १७ जना जेष्ठ नागरिक शेयर सदस्यहरुलाई प्रमुख अतिथि राम चन्द्र सिंह कुशवाहाद्वारा फुलमाला, अबिर लगाइ, चादर ओढाई समान गरेका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष: अशोक कुमार सिंहकाे अध्यक्षता, प्रदेश सभा सदस्य प्रत्यसी उमेदवार : राम चन्द्र सिंह कुशवाहाकाे प्रमुख अतिथि, विशिष्ट अतिथि: वडा नम्बर १३ का वडा अध्यक्ष: तिलक लामा, वडा नम्बर १४ का वडा अध्यक्ष : सित कुमार महताे, वडा १५ का वडा अध्यक्ष : उमेश कुमार चाैधरी, विभिन्न सहकारी संस्था प्रतिनिधिहरु, सहकारीका कार्य समितिका सम्पूर्ण सदस्य, विभिन्न सहकारी तथा संघसंस्थाका प्रतिनिधिहरु, शेयरधनी लगायत सर्वसाधारणहरु उपस्थिति रहेको थियोे ।