https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महाेत्तरीकाे गौशाला नगरपालिका बाट सडक मर्मत गर्न गएका जे.सी. भी. र ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामनगर चिनीमिलले उखु क्रसिङ सुचारु गरे लगतै गौशाला नगरपालिकाको वडा नं. ६ र ९ मा पर्ने कान्ति आयल निगम भन्दा ५० मी. उत्तरतर्फको बाटोको अवस्था खराब भएपछि नगरप्रमुख डा. दिपेन्द्र महतो समक्ष गुनासो आएपछि नगरप्रुखले प्रशासन फाँटमा सो बाटोको मरम्मत गर्न आदेश दिएपछि प्रशासनका दिपेन्द्र महतोले जे.सी. भी. र ट्रयाक्टर चालकलाई सो बाटो मरम्मत गर्न पठाएका थिए ।

मरम्मत गर्न गएका चालकहरु मरम्मत गरी गौशाला बजारको माछा बजारमा आईपुग्दा प्रहरीले माछा बजारबाट अपशब्द प्रयोग गर्दै पुनः जेसीभि र ट्रयाक्टर सहित खोलामा गिट्टी, बालुवा उठाएको ठाउँमा लगी भिडियो बनाएको जेसीभी चालक अशोक कुमार महतोले बताए ।

जेसिभि र ट्रयाक्टर ईलाका प्रहरी कार्यालयको नियन्त्रमा रहेपनि प्रहरीले फेरी पनि आफुहरुलाई गालीग्लोजको दिनुका साथै हातपात गरी साढे ३ घण्टा थुनामा राखी छोडेको महतोले पत्रकारलाई बताए । हामी आफ्नो कामकाजले नभई नगरपालिकाको आदेश अनुसार नदीमा गई नदीजन्य सामग्री उठाए पनि प्रहरीले आफुहरुसंग दुरव्यवहार गरेको ट्रयाक्टर चालक रामदरेश महतोले बताए ।

यता ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक रंजन मिश्रका अनुसार चालकहरुलाई आफनो मातहतको निकाय नभई जिल्लाको टोलीले नियन्त्रणमा लिएको बताएका छन । तर चालकका अनुसार आफुहरुलाई जिल्लाको कुनै टोलीले नसमातेकाे आफ्ना तर्क राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार