https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला: महाेत्तरीकाे गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले गरिब तथा विपन्न परिचय पत्रको दुरुपयोगलाई निरुत्साहित गर्न आफु लागिपरेको बताएका छ्न । गौशाला बजारमा सहानुभुति नेपालले आयोजना गरेको कपडा बैंक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महतोले विगतको स्थानिय सरकारले वास्तविक विपन्नको भन्दा बिग्गापतिहरुको नाम गरिब तथा विपन्नको सुचिमा राखेर वास्तविक विपन्नलाइ ओझेलमा पार्न खोजेको आरोप लगाए । उनले विगतमा संकलन गरिएको गरिबहरुको सुचिमा आधा मात्र गरिब तथा विपन्न समावेश गरिएकोले छुटेका गरिब तथा विपन्नलाइ समेटने प्रकृयाको लागि आफु लागिपरेको बताए ।

गरिब तथा विपन्न परिचय पत्रको माध्यमले वास्तविक विपन्न परिवारलाई शिक्षा, स्वास्थ लगायत अन्य क्षेत्रमा समेत बढि भन्दा बढी सुविधा उपलब्ध गराउने वाचा गर्दै मेयर महतोले त्यसको लागि प्रणाली स्थापित गर्न आफु लागिपरेको जनाएका छन । गरिब कार्ड वितरण प्रकृया केहि दिन शुरु भएर मेयरको निर्देशनमा हाल बन्द गरिएको छ ।

यसैबिच विपन्न परिवारलाइ जाडोबाट न्यानो दिन आज देखि ३ दिने कपडा बैंक सन्चालनमा आएको छ। सहानुभूति नेपाल नामक गैरसरकारी संस्थाले विभिन्न दाताहरुबाट संकलीत कपडाहरुलाइ विपन्न परिवारहरुमा वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार