गाैशाला: महाेत्तरीकाे गौशालामा सम्पन्न स्व. रामलखन चौधरी स्मृति कप २०७९ को उपाधि गौशालाको ढल्केबर टिमले कब्जा गरेको छ । शनिबार सम्पन्न प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताकाे फाईनल खेलमा बर्दिवासको एपिएफ टिमलाई पराजित गर्दै गौशालाको ढल्केबर टिमले उपाधि कब्जामा लिएको हो ।
गौशाला नगरपालिका ४ स्थित विरता स्पोर्टस क्लब गौशालाको आयोजनामा स्वर्गीय राम लखन चौधरीको स्मृति कप नक आउट ११ औं संस्करण प्रदेश स्तरीय फुटबल प्रतियोगिता अन्तर्गतको फाईनल खेलको अन्तिम समयसम्म दुबै टिमले १/१ गोलको बराबरीमा रहेको थियो । नजिता ल्याउनको खेलाईएको पेनाल्टी शुटआउटमार्फत विजेता छनौट गरिएको विर्ता स्पोर्टस क्लबका सचिव ईन्दल राउतले जनाए ।
खेलमा प्रथम हुनेलाई आयोजकको तर्फबाट नगद ६५ हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उपविजेता अर्थात दोस्रो हुनेलाई नगद ३० हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरेको आयोजकले जनाएका छन् ।
स्व. शहिद रामलखन चौधरीको ११ औं स्मृतिमा आयोजित प्रदेशस्तरीय सो फुटबल प्रतियोगितामा मधेश प्रदेशका विभिन्न स्थानका टोलीहरुले सहभागी जनाएका थिए ।
गौशालाका शहिद स्व. रामलखन समृतिमा प्रत्येक वर्ष फुटवल प्रतियोगिताको आयोजना हुँदै आएको क्लबका अध्यक्ष अशोक महताेले जानकारी दिए ।