
दिवेश कुमार महतो
ढल्कवेर, पुष १६ गते ।
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
धनुषाको मिथिला नगरपालिका नक्टाझिज विश्वकर्मा चौकमा अवस्थित हिमालय युवा क्लबको भवनमा कार्यालय संचालन गर्दै आएको हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधारणसभा हिमालय युवा क्लबको प्राङ्गणमा शनिबार मनाएको छ । हिमालय बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष धनिकलाल महतोको अध्यक्षता तथा प्रदेश सभा सदस्य हरिनारायण महतोको प्रमुख अतिथिमा साधारणसभा सम्पन्न भएको हाे ।
संस्थाका प्रबन्धक अजय कुमार महतोले संस्थाको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारी संस्थामा हाल आ.व. ०७९/०८० मङसिर सम्ममा ४८४ जना महिला, ४२७ पुरुष, २ संस्था, ५ संयुक्त गरी जम्मा ९१८ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर रकम हाल ३४ लाख ११ हजार ४ सय ३९ रुपैयाँ रहेको छ ।
संस्थाले आ.व. २०७८|०७९ असार मसान्तसम्ममा नाफा नोक्सान अन्तर्गत ब्याज र विविध आम्दानी ६१ लाख ४४ हजार ८१ रुपैयाँ रहेको छ। साथै तलव खर्च ७ लाख ८३ हजार ७ सय ६३, बचतमा ब्याज खर्च ३१ लाख ४४ हजार ५ सय १३, शेयर सदस्यहरुको औषधि उपचार १० लाख, ऋण जोखिम बेहोर्ने खर्च ४ लाख ४९ हजार ७ सय ६६ र अन्य व्यवस्थापन खर्च ४ लाख ५८ हजार ६ सय ८४ रुपैयाँ १२ पैसा भई शुध्द नाफा २ लाख ९१ हजार ५ सय ८६ रुपैयाँ ८८ पैसा रहेको कुरा संस्थाका प्रबन्धक महतोले बताए ।
आर्थिक वर्ष २०७९/०८० मङसिर सम्ममा ३ करोड ३३ लाख ६० हजार ५ सय ४९ रुपैयाँ निक्षेप बचत जम्मा गरेको छ भने ४ करोड ६० लाख ८२ हजार ६ सय ६४ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
साधारणसभा कार्यक्रममा विशिष्ठ अतिथी मिथिला नगरपालिका २ का वडाअध्यक्ष बिहारी महतो, हिमालय युवा क्लब का पुर्वअध्यक्ष एवम् संरक्षक अरुण कुमार महतो, हिमालय युवा क्लबको अध्यक्ष शिवराम महतो, समाजसेवी दिनेश महतो, सामुदायिक कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजको अध्यक्ष रितलाल महतो, वडा नं २ का वडा सदस्य सहित विभिन्न सहकारी संस्थाका प्रतिनिधि, संस्थाको संचालक समिति, शेयरधनी, बचत कर्ता लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।