
गौशाला, पुस १८ गते ।
महोत्तरीको गौशाला नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई ४० लाख मुल्य बराबरको ल्याब सामग्रीको हस्तान्तरण गरको छ ।
गौशाला नगरपालिका वडा नं. ४ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ४० लाख बराबर मुल्यको ल्याब सामाग्री प्रदेश जनस्वास्थ्य प्रयोगशालाले हस्तान्तरण गरेकाे हाे ।

ल्याब सामाग्रीहरु स्वास्थ्य केन्द्रकी ईन्चार्ज डा. पुजा साहलाई नगर प्रमुख डा. दिपेन्द्र महतोकाे हातबाट हस्तान्तरण भएका छन । यी सामाग्रीहरु आएसंगै अब गौशालामा अधिकांश रोगको ल्याब परिक्षण गर्न सकिने पेशागत रुपमा चिकित्सक समेत रहेका नगरप्रमुख डा. महतोले जनाएका छन् ।
यस अघि गुणस्तरिय ल्याबको अभावमा यसक्षेत्रका जनताले महङ्गोमा ल्याब परिक्षण गर्दै आएका थिए ।