महाेत्तरीकाे गाैशाला नगरपालिकाले एक कर्मचारीको निधन भएको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।
गौशाला नगरपालिकाका वडा नं.-५ मा कार्यरत कार्यालय सहयोगी श्री लिल बहादुर बलम्पाकी साेमबार राती ११ बजेकाे समयमा असामयिक निधन भएको हाे ।
कार्यालय सहयोगी बलम्पाकीकाे असामयिक निधन भएकोले आज एक दिनका लागि नगरपालिका र यस कार्यालयको मातहतमा रहेका वडा कार्यालय पूर्ण रूपमा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र जङ्ग थापाले जारी गरेको शाेक विज्ञप्तिमा उल्लेख गरिएको छ ।