https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला: महाेत्तरीकाे गाैशाला नगरपालिका १२ द्वारा जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमकाे आयोजना गरि वडा नम्बर १२ का वडा भरिका जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई वडा कार्यालयद्वारा एक-एक कम्बल दिई सम्मान गरेको हाे ।

कार्यक्रममा जेष्ठ नागरिक ११७ जना तथा एकल महिला ९३ जना गरि जम्मा २१० जनालाई कम्बल दिए सम्मान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख: डा. दिपेन्द्र महताेले कार्यक्रमलाई सम्बाेधन गर्दै अहिलेकाे माैसममा कम्बल वितरण गर्नु यो उदाहरणीय काम हाे यसैगरी सबै वडाले येस्तो काम गर्नु पर्थयाे सबै काम नगरपालिकाबाट सम्भव नहुने र यस्तो सानो तिनाे कामहरू वडाहरुले नै बजेट वियोजन गरि येस्तो किसिमको कामहरू गर्न वडा अध्यक्ष ज्युहरुलाई आग्रह गरेका थिए ।

वडा अध्यक्ष : कुशेश्वर सिंह कुशवाहाले हाम्रो बजेट तर्जुमा बनाउने बेला हाम्रो पहिलो वर्ष थियोे, बजेट थाेरै वियाेजन भएको र शिर्षकमा जेष्ठ नागरिक र एकल महिला मात्र लेखिएकोले अपांगता भएका व्यक्तिहरुलाई समेटन सकेनन् अगामी वर्षदेखि सबैलाई समेटने गरि सम्मान गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम गाैशाला नगरपालिका वडा नम्बर १२ काे आयोजना र कान्ति बजार कुषि सहकारी संस्था लिमिटेड गाैशाला – १२, कान्ति बजारकाे संयाेजनकर्तामा कार्यक्रम भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार