जनकपुरधाम : धनुषामा बुवाको हत्या गरेको आरोपमा छोरा र ज्वाई सहित तिन जना पक्राउ परेको छ । बुवाको हत्या गर्न छोरा र ज्वाइँले एक व्यक्तिको सुपारी दिएर हत्या गराएको घटना सार्वजनिक भएको छ।
गत पुस ९ गते साँझ मुखियापट्टी मुसहरनिया गाउँपालिका २ का धनुखधारी दासको आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो । ५० वर्षीय मोटर मिस्त्री दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेका छ।
दासको हत्यामा संलग्न रहेको आरोपमा दासका २१ वर्षीय छोरा प्रदीप दास, महोत्तरीको पिपरा गाँउपालिका वडा नम्बर-५ सहोडवा बस्ने प्रहरी प्रधान कार्यालय सवारी महाशाखा प्राविधिक नक्शालमा दरवन्दी भई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा प्रहरी हवल्दार पदमा कार्यरत ३४ वर्षीय ज्वाइँ उदय दास र नगराइन नगरपालिका-२ जटहीका सुपारी किलर सुटर २१ वर्षीय रञ्जित यादवलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।